को हुन शेर बहादुर विश्वकर्मा,यस्तो छ सामाजिक र राजनीतिक यात्रा !

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं-२ मा २०३४ साल माघ  ७ गते माता सुनिता विश्वकर्मा र पिता टेक बहादुर विश्वकर्मा को माइलो सन्तानको रूपमा जन्मिएका शेर बहादुर विश्वकर्मा। बाल्यकाल देखी नै अनुशासित र मिहिनेती शेर बहादुर विश्वकर्माको अध्यन गाउँमा नै रह्यो ।                  बिद्यार्थी जीवनमा उनलेे धेरै साथीहरू बनाए कारण उनी अरु भन्दा बेग्लै किसिमका थिए ।सबैलाई सहयोग गर्नुपर्छ भने बीक ले कसैलाई परेको दुख आफैलाइ जस्तो सम्झन्थे त्यसैले पनि होला उनी सङ्ग सबै नजिक रहिरहन्थे। घर परिवारको जिम्मेवारी आफ्नो काधमा राख्दै उनी केहि समय राष्ट्र सेवकको रूपमा कार्यरत भए । त्यो समयमा पनि उन्ले  गाउँ घर प्रतिको मायालाई कमि बनाएनन। केहि समय राष्ट्र शेवकको रुपमा रहेका बिक अहिले पनि यो देशको सेवा गर्ने उद्देशका साथ  आफ्नै गाउँमा रहेका छन। यतिबेला उनी रेसुङ्गा नगरपालिका वडा नं २ मा  नेपाली काङ्ग्रेस बाट निर्वाचित  वडा सदस्य हुन । युवा बाटै राजनीतिमा होमिएका बि क ले  राजनीति गर्ने ब्याक्तीमा घमण्ड रिस राग हुनुहुदैन भन्छन् । दुखी गरिव सङ्ग ऊनी धेरै नजिक रहेका छन कसैलाई  पर्ने समस्यामा  दिनरात नभनी खटिरहन्छन।                                                           शेर बहादुर बिक दलित अधिकारकर्मी समेत हुन उन्ले जिल्लाका धेरै दलितमाथि भएको अन्याय का मुद्दामा अडिग रहेर पीडितलाई न्याय दिलाउदै आएका छन । बिक लाई चिन्ने जो सुकैले पनि उनकै स्वभाव कै तारिफ गर्छन् छन पनि तारिफ गर्नै लाएक छन शेर बहादुर ! उनी नेपाली काङ्ग्रेसका गुल्मी दलित संघ को उपाध्यक्ष समेत रहेका छन । जनताको काम गर्ने भनेर यो ठाउँमा आएको  त्यसैले जनताको इच्छा अनुसार काम गर्ने बिक को भनाइ छ। उनी दुख मा आत्तिनु र सुखमा मात्तिनु हुदैन भन्छन् ।अबको बाकी जीवन राजनीति र जनताकै सेवामा बिताउने शेर बहादुर विश्वकर्मा को सपना रहेको छ। जनताको हितमा काम गर्दै आएका बिक लाई उनको राजनितिक यात्रामा सदाभर सफलता मिलोस शुभकामना व्यक्त गर्दछौं ।

 

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online