राजनीतिमा उदाएका गौतम,यस्तो छ उद्देश र सपना !

सुनिल न्यौपाने गुल्मी                                                                                      बि.स २०३६ साल असोज १५ गते तिलोत्तमा साविकको आनन्दवन १ र हालको तिलोत्तमा वडा नम्बर ६ मडिग्राम रुपन्देहीमा जन्मिएका लक्ष्मण गौतम यतिबेला नेपाली राजनीतिमा उदाएका छन। गौतम नेपाली काङ्ग्रेसका युवा नेता हुन। उनी राजनीति रूपमा नेपाली काङ्ग्रेसको भएता पनि बिकास निर्माण लगायतको बिषयमा राजनीति गर्नु हुदैन भन्ने उद्देश लिएर राजनितीमा होमिएका गौतमले आर्थिक अवस्था कमजोर भएका कारीब ५०० भन्दा बढी घरधुरीलाई  अहिलेसम्म ब्यक्तिगत रूपमा सहयोग गर्दै आएका छन। कोमल र सरल स्वभाव भएका लक्ष्मण  गौतमलाई हजारौं युवाहरुले साथ र हौसला दिइरहेका छन।

आफ्नै पार्टी भित्र पनि सहि र गलत छुट्यान पछि नपर्ने गौतम  पछिल्लो समय राजनीतिमा देखाएको सक्रियताले जनमानसमा सकारात्मक प्रभाव परेको छ । गौतमले आफू जनप्रतिनिधि भए तलब भत्ता लगायतका सरकारी सेवा सुबिधा नलिने दाबी गरिरहेका छन। सत्ता बाहिर रहदा समेत उनीले जनताको सुख दुखमा  निस्वार्थ रुपले खटिएका गौतम  सत्तामा रहदा जनताले चाहे अनुसारको बिकास नगर्लान भन्न सकिदैन। जनताले पाउने सरकारी सेवामा राजनीति गर्नु दु:खद बिषय भएको भन्दै चर्को बिरोध गर्दै आएका छन। नेपाली काङ्ग्रेसका केन्द्रिय नेता देखी सामान्य कार्यकर्ता सम्म छुट्टै पहिचान बनाउ सफल गौतम राजनीतिक लडाइको मैदानमा उत्रिए रुपन्देही तिलोत्तमा नगरपालिकाको राजनीति उथलपुथल पारी जनताको साथमा राजनीतिक लडाइ जित्न सक्ने संकेत देखाएका छन। नेपाली राजनीतिमा लक्ष्मण गौतम जस्ता निस्वर्थी ब्यक्तिको खाचो आजको आवस्यक्ता भित्र पर्दछ।

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online