मुसिकोटमा विद्युत पोलको दुर्दशा जोखिम मोल्दै पाण्डे परिवार

सुनिल न्यौपाने गुल्मी ,गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं-३ खिल्ली ठुल्डाडा स्थित बिष्णु  पाण्डेको घर नजिकै बडागाउँ सामुदायिक ग्रामीण विद्युतको काठेपोल छ। घर अगाडि जोखिम मोल्दै दिनचर्या बिताइरहेका पाण्डे निवासको घर नजिक रहेको पोल पटकपटक घरतिर लप्किरहेको छ जुन कुरा बडागाउँ सामुदायिक ग्रामीण विद्युत समितीलाई तीन पटक समितीका पदाधिकारीलाई गुनासो गरे तर विडम्बना समितीले बेवास्ता गरि  समस्याको समाधान नगरी लापरबाही गरेको कृष्ण पाण्डे बताउछन। पोल घर नजिकै छ त्यही माथी घर तिर लप्कीरहेको छ कतिबेला घर माथी पोलपरी ठूलो दुर्घटना हुने हो थाहा छैन समितिले कुरा सुन्दैन हामी कहाँ जाने सोही पाण्डेले गुनासो गरे! घर अगाडि रहेको पोल जोखिममा रहेको हुँदा उक्त पोललाई व्यवस्थित गर्दिए आफ्नो परिवार ढुक्क सङ्ग निदाउने कृष्णको गुनासो थियो ।                                                   यस बिषयमा बडागाउँ सामुदायिक ग्रामीण विद्युत उपभोक्त समितीका उपाध्यक्ष ज्ञान  बहादुर जीसी सङ्ग कुरा गर्दा यो गुनासो धेरै पहिले बाट आएको र आफुले समितीमा कुरा उठाइरहेता पनि काम गर्न नसकेको जीसीले बताए अब नयाँ विकल्प सहित समस्याको समाधान गर्नतिर लाग्ने उपाध्यक्ष जीसीले मुसिकोट अन्लाईन सङ्ग प्रतिबद्धता गरेका छन। पटकपटक समस्या बताउता समस्याको समाधान समितीबाट नहुन वा चासो नदेखाउनु दु:खद बिषय बनेको छ। 

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online