जहाँबाट शिक्षा लिए सोही बिद्यालयमा पढ्ने दुइ विद्यार्थीको ४ बर्षको शैक्षिक जिम्मा लिए

सुनिल न्यौपाने गुल्मी                                                                                        गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ को  पृथ्वी माध्यमिक बिधालयमा कक्षा ७ मा अध्ययनरत दुइ विद्यार्थीहरु  गोकुल रिजाल र मनिषा बि.क को ४ बर्षको शैक्षिक जिम्मा गुल्मी मुसिकोट नगरपालिका वडा नं-३ घर भै हाल रुपन्देहीमा बस्दै आएका ऋषि न्यौपानेले जिम्मा लिनु भएको छ।गोकुल रिजालको घर सोही वडाको धरमपानी र मनिषा बि.क को ठुलाचौर हो भने मनिषा  शारीरिक रूपमा अपाङ्ग छिन। अहिले दुबै विद्यार्थीले कक्षा ७ मा पढ्दै गरेका दुबैको कक्षा १० पास सम्मको विद्यालयमा लाग्ने  सम्पुर्ण खर्च न्यौपानेले व्यहोर्ने भएका हुन। दुबै परिवार सङ्ग सल्लाह र सहमतिमा सेवा गर्न पाउँदा खुसी लागेको छ न्यौपाने भने यसरी आफुले सक्ने सहयोग हरेक क्षेत्रमा पुर्याउन सके समाजमा रहेर अनेकौं समस्या बाट पछाडी परिरहेका समुदायको हित हुने थियो। बुटवलमा मोबाइल पसल संचालन गर्दै आएका ऋषि एक समय मोडलिङ्ग क्षेत्रमा उदाएका कलाकार थिए तर पछिल्लो समय ब्यापारको रूपमा फस्टाएका उनी साङ्केतिक क्षेत्रमा लगानी मात्र गर्दै आएका छन। उदाहरणीय कामको सुरु गरेका  न्यौपानेले विगतमा पनि दुखी गरिब,संघ संस्था लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन भने उनले पृथ्वी माध्यमिक बिद्यालय बाटै कक्षा १० उतिर्ण गरि अध्ययनको लागि बुटवलमा गएका थिए। श्री पृथ्वी माध्यमिक बिद्यालयका प्रधानाध्यापक चन्द्र पाण्डेले आफैले अध्यापन गराएको  बिद्यार्थीले आफ्नै विद्यालयमा अध्ययनरत दुइ विद्यार्थीलाई गरेको सहयोग प्रती बिधालय परिवार खुसी भएको र यस बिधालयमा पहिलो अभ्यास भएको भन्दै यस बाट अन्यलाई समेत सहयोग गर्न प्रेरणा मिलेको प्रधानाध्यापक चन्द्र पाण्डेले बताउदै ऋषि न्यौपानेलाई धन्यवाद सहित  खुसी व्यक्त गर्नु भएको थियो 

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online