मुसिकोट नगरपालिकाको बिकासमा जोडिनुस:अधिकृत भुसाल

सुनिल न्यौपाने गुल्मी                                                        मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले सिङ्गो मुसिकोट नगरपालिकाको बिकासमा जोडिन आग्रह गर्नु भएको छ । 

 

शनिबार साना किसान कृषि सहकारी संस्था लि. मुसिकोट नगरपालिका वडा नम्बर -३ को १६ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको रूपमा बोल्दै भुसालले यतिबेला मुसिकोट नगरपालिकाले बिकास निर्माणकार्य लाई तिब्रताका साथ अगाडि बढाएको र यसलाई सकारात्मक नतिजा आउने गरि परिणाम निकाल्नको निमित्त राजनीतिक दल ,संघ, संस्था, बुद्धिजीवी लगायत सबै मिलेर अगाडि बढ्दै साथ दिन समेत आग्रह गर्नु भएको छ ।

 

बोल्दै उहाले मुसिकोट नगरपालिका सङ्ग २५ वटा सहकारी आबद्ध रहेको भन्दै अब सबै सहकारीहरुले  उत्पादनमा जोड दिदै आर्थिक उन्नति तिर लाग्नु पर्ने आवस्यक समेत रहेको बताउनु भएको छ।  

 

 

सहकारीहरु आफू लक्षित भन्दा पनि जनता लक्षित हुदै सिङ्गो नगरपालिकाको बिकासमा टेवा पुग्ने गरि कार्य संचालन गर्नुपर्ने उहाको भनाइ थियो।

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online