नगरका जनताले चाहे अनुरुप काम गरेको छौं:प्रमुख प्रशासकीय अधिकृत मरासिनी

सुनिल न्यौपाने गुल्मी

गुल्मीको रेसुङ्गा  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले  रेशुङ्गा नगरपालिकामा  जनताले चाहे अनुरुप काम भैरहेको दाबी गर्नु भएको छ।

 

सोमबार  मुसिकोट अन्लाईन सङ्ग कुरा गर्दै मरासिनीले पछिल्लो समय नगरपालिका बाट दिदै आएको सेवामा रेशुङ्गा  बासी सन्तुष्ट रहेको बताउदै सिङ्गो नगरपालिको बिकासमा जोडिन समेत आग्रह गर्नु भएको छ। आफू प्रमुख प्रशासकीय अधिकृतको रूपमा रेशुङ्गा  नगरपालिकामा आए सङ्गै नगरका जनतालाई दिने सेवा सुबिधामा सम्मानजनक रहेको बताउनु भयो ।

 

 

 

पछिल्लो समय नगरपालिकाको मातहतमा भएका बिकास निर्माणकार्यको नियमित अनुगमन,वडा कार्यलयहरुको अनुगमन तथा वडाबासीको गुनासो सुन्दै नगरकै बिकासको लागी सिङ्गो नगरपालिकाको टिम लागिरहेको मरासिनीले मुसिकोट अन्लाईनलाई जानकारी दिनु भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online