नेपाली काङ्ग्रेस प्रति मुसिकोट नगर प्रमुख सकारात्मक

  सुनिल न्यौपाने गुल्मी                                                                                            गुल्मीको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा  नेपाली काङ्ग्रेस मुसिकोट नगर समिती प्रति सकारात्मक रहेको पाइएको छ। 

 

 

बुधबार सार्वजनिक सुनवाइ कार्यक्रममा नेपाली काङ्ग्रेस मुसिकोट समिती अध्यक्ष मोहन घिमिरेले बोल्दै आफुहरुले नगरपालिकामा प्रतिपक्षीको रूपमा प्रस्तुत हुदै गर्दा  नगरपालिकामा कुनै दिन तालाबन्दी तथा अवरोध नगरेको बताएका थिए। 

 

त्यस सार्वजनिक सुनवाइ कार्यक्रमका अध्यक्ष तथा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले उठेका गुनासोलाई सम्बोधन गर्दैगर्दा नेपाली काङ्ग्रेस मुसिकोट नगर  समितिले  नगरपालिकाको  आलोचना,बिरोध गरेपनि बिकास निर्माणमा अवरोध नगरेको भन्दै  नेपाली काङ्ग्रेस मुसिकोट नगर समिती लाई धन्यवाद दिएका थियो।

 

 बोल्दै मेयर सापकोटाले मुसिकोट नगरपालिकामा हालसम्म भएका उदाहरणीय कामको खुलेर जनताको घर दैलो सम्म पुर्याउन आवस्यक रहेको भन्दै विभिन्न राजनीतिक दल,पत्रकार, समाजसेवी लगायतलाई आग्रह समेत गरेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online