गुल्मीको मुसिकोट जाउँ,कलाकार सङ्गै रमाउँ

 

 

बडागाउँ जानकुन्ज इङलिस बोर्डिङ स्कुल मुसिकोट नगरपालिका-३ ठुलोपोखरा,गुल्मीले यहीँ चैत-२८ गते आफ्नो तेह्रौ बार्षिक उत्सवको अवसरमा परिक्षाफल प्रकाशन तथा अभिभावक दिवस बनाउने भएको छ। उक्त कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत राखिएको र राष्ट्रिय कलाकार देखी स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने बडागाउँ जानकुन्ज इङलिस बोर्डिङ स्कुलका पृन्सिपल बसन्त अधिकारीले जानकारी दिनु भएको छ।                                                                                                                                        विगतका बर्षहरुमा पनि उक्त स्कुलले भब्य कार्यक्रम राख्दै आएको र त्यस क्षेत्रमै अङ्ग्रेजी माध्यम बाट पठाइ हुने स्कुल मध्यकै  उत्कृष्ट स्कुलको रुपमा स्थापित भएको नेकपा (समाजबादी) का  युवा नेता श्रीराम महतले बताउनु भएको छ। पुरानो र विस्वासीलो स्कुलको रुपमा चिनिएको बडागाउँ जानकुन्ज इङलिस बोर्डिङ स्कुलमा अध्यन गरेका विद्यार्थीले बुटवल,काठमाडौका स्कुलहरुमा सकारात्मक छाप राख्दै आएको पाइएको साथै निजामती, प्रहरी ,इन्डियन आर्मी ,बृटिस आर्मी पत्रकार लगाएत अन्य क्षेत्रमा पनि यस बिधालय पढेर गएका विद्यार्थीलाई देख्न पाउदा आफुलाइ छुट्टै किसिमको खुसी लाग्ने पृन्सिपल अधिकारले बताउनु भएको छ।                                                                                                     चैत-२८ मा हुने कार्यक्रममा  मुसिकोट नगरपालिका बाट राम्रो उपस्थिति हुने र आफू निजि क्षेत्रमा भएता पनि  मुसिकोट नगरपालिकामा शैक्षिक क्षेत्रमा सुधार गर्नको लागी बौद्धिक बहस समेत त्यसै दिन चलाउने बसन्त अधिकारीले बताउनु भएको छ। सांस्कृतिक कार्यक्रममा  हास्यकलाकार उज्ज्वल गिरी,गायक नारायण बि.सी,गायिका कुसुम परियार,गायक सुनिल थापा सहित स्थानीय कलाकारको प्रस्तुति साथै रेकर्ड डान्स रहने छ।

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online