वडाको विकास- स्थानीयको खुसियाली

 

सुनिल न्यौपाने,गुल्मी 

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर-९ का वडा अध्यक्ष नरेश खरेलले वडा कार्यालय बाट दिइने सेवा सुबिधा देखी बिकास निर्माणकार्यमा सम्मानजनक  तरिकाले काम गरेको बनाउनु भएको छ। आफुहरु निर्वाचित भएर आएपछि वडाको मुहार परिवर्तन भएको दाबी गर्दै वडाअध्यक्ष खरेलले सरकारी सेवा सुबिधा सहित आफुले यो  पाँच बर्षको अवधीमा आठ लाख भन्दा बढी रकम व्यक्तिगत रुपमा दुखी गरिब जनतालाई सहयोग गरेको समेत बताउनु भएको छ। 

 

 

आफू निर्वाचित भएर आएपछि वडाकार्यालयले  सोही वडामा २० जनालाई निशुल्क विद्युतको व्यवस्था भएको वडा अध्यक्ष खरेल ले जनाउनु भएको छ। मुसिकोट नगरपालिका वडा नम्बर-९ मा २१० जनालाई खरका छाना मुक्त गराउन सफल भएको समेत उहाको भनाइ छ। वडा अध्यक्ष खरेलका अनुसार एक घर एक धारा अन्तरगत दासीकोट साविकको १ र २ वडामा काब्राचौर पाण्थोक,लामाथोक र उल्लेनीमा सम्पन्न भएको बाकी २५० घरमा काम भैरहेको र छिट्टै बाकी घर धुरीमा  काम सम्पन्न हुने उहाको भनाइ छ। 

 

विगत पाँच बर्षको अबधिमा मुसिकोट नगरपालिका र गल्कोट नगरपालिका लाई जोड्ने गरि पक्की पुलको समेत काम सम्पन्न हुन १५% बाकी रहेको छ। अर्लाङ्कोट ददल्का मोटरबाटो,ठुलाचौर चौतारा मोटरबाटो ,कमेरे थारला मोटरबाटो र वडा भित्रका अन्य ठाउँमा मोटरबाटो बिस्तार गरि सडकको क्षेत्रमा उल्लेखित काम सम्पन्न भएका छन। ददल्का माध्यमिक बिधालयमा ८ कोठे भवन,सितापुर माध्यमिक बिधालयमा चार कोठे भवन र दरबन्दी नभएका स्कुलमा नगर शिक्षक लगायतको काम शिक्षा क्षेत्रमा काम भएको वडा अध्यक्ष खरेलले बताउनु भएको छ। 

 

स्वास्थको क्षेत्रमा वडाबाट नगरको केन्द्रसम्मको लागि गर्भवती महिलाको लागी एम्बुलेन्स निशुल्क गरिएको छ। वडाबाट वडा भित्र रहेका एम्बुलेन्स संचालनको लागि आर्थिक सहयोग,अर्लाङ्कोट स्वास्थ चौकीमा महिला  सेवाको लगी भौतिक कक्षको निर्माण लगायतको काम भएको छ। बिकास निर्माणको काम सङ्गै वडाबाट अन्य सिपमुलक तालिम पनि दिदैआएको वडा अध्यक्ष खरेलले बताउनु भएको छ। जस अन्तरगत महिला भवन निर्माणकार्यमा सहयोग ,अचार मुणा ,सिलाइ कटाई जस्ता तालीम समेत दिदै आएको उहाको भनाइ छ। बालबालिका तथा खेलकुदको बिषयमा अत्यन्तै प्रभावित हुने गरि काम भएको छ।  

 

 

कृषकलाई प्लास्टिक टनेल,जोत्ने ट्याक्टर,मौरी घार लगायत व्यवसायीक कृषकलाई अनुदान समेत दिएको वडा अध्यक्ष खरेलले जनाउनु भएको छ। पाँच बर्षको सिलसिलामा १५० जनालाई वडामै रोजगार दिइएको छ। खडका देबी मन्दिर,भराहा मन्दिर,ददल्का राम मन्दिर,देउराली मन्दिर र पालुदेव मन्दिर वडाबाट आर्थिक सहयोग उपलब्ध गराइ काम समेत सम्पन्न भएको छ। 

 

वडा भित्र रहेका आर्थिक अवस्था कमजोर भै उपचारबाट टाढा भएकालाई वडाको सिफारिसमा नगर सम्म पुर्याएको मुसिकोट नगरपालिका वडा नम्बर-९ का वडा सचीव सुभाष सुनुहारले जानकारी दिनु भएको छ।  वडा सचीव सुनुहारका अनुसार उक्त वडामा जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध सिधै समाज सङ्ग जोडिएको हुँदा सम्बन्ध राम्रो रहेको बताउदै वडा बाट दिने सेवा सुबिधामा कसैलाई अन्याय नगरेको दाबी गर्नु भएको छ। त्यहाँका विभिन्न राजनीतिक दलका प्रतिनिधि,ब्यापारी लगायत स्थानीयलाई सोधपुछ गर्दा वडामा यो पटक अत्यन्तै राम्रो काम भएको वडाअध्यक्ष लाई दोष लगाउने ठाउँ नै नरहेको त्यहाका स्थानीयले बताएका छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online