वामी करङखोला खानेपानी आयोजना अन्तिम चरणमा

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर-७ मा संचालित वामी करङखोला खानेपानी आयोजना तिम्लेचौर,काफ्लेटोला खण्डको काम अन्तिम चरणमा आएको छ। २०७५ साल बाट काम सुरु भएको योजनालाई  मुसिकोट नगरपालिका बाट ७०% र उपभोक्तबाट ३०% लगानीमा सम्पन्न गरिदै छ।

 

 

 उपभोक्तको समेत लगानी परेको हुँदा काम गर्न सक्नेलाई काममा घटाइएको र काम गर्न आउन नशक्नेलाइ आर्थिक समाबेश गरिएको वामी करङखोला खानेपानी आयोजनाका अध्यक्ष कृष्ण मुरही सापकोटाले बताउनु भएको छ। सापकोटाका अनुसार आफू अध्यक्ष मात्र नभएर उपभोक्त समेत भएको हुँदा उक्त काम सम्पन्न गर्दै गर्दा धेरै दुख मिहेनत गरेको र जटिल ठाउँमा पनि पानीको धारा पुर्याउन सफल भएको बताउनुहुन्छ।

 

 १५० घरमा धारा पुगिसकेको छ केहि सामान्य काम मात्र बाकी रहेको ठाउँमा समेत तत्काल काम सम्पन्न गर्ने वामी करङखोला खानेपानी आयोजनाका सचीव तेजेन्द्र बहादुर जि.सि ले जानकारी दिनु भएको छ। सचीव जि.सी का अनुसार नागरिकका अगाडि काम गर्दै अत्यन्तै गाह्रो भएता पनि सकारात्मक किसिमले काम गरेको हुदा आफू सन्तुष्ट भएको जानकारी दिनु भएको छ। उपभोक्तबाट जन श्रमदान अनुरुप १० हजार का दरले उठाएको छ जस मध्यमा योजनाको काममा सहभागी हुने घरधुरीलाइ छुट समेत गरेको पाइएको छ।

अन्धो राजनीतिक चपेटामा समिती —

वामी करङखोला खानेपानी आयोजनाको बिषयमा सामाजिक संजालमा केहि समय पहिले चर्को आलोचना भएको बिषयमा त्यहाका स्थानीय ,समाजसेवी राजनीतिक दलका प्रतिनिधि लगायतको कुरा बुझ्दा सोही ठाउँमा संचालित योजना समितीले काम गर्दागर्दै,हिसाब किताब नियम अनुसार सार्वजनिक गर्ने तयारीमा रहदा रहदै  आत्मबल कमजोर हुने मनसायका साथ होहल्ला गरिदिएको त्यहाका स्थानीयले नै बताएका छन। वामी करङखोला खानेपानी आयोजनाका समिती मध्यका एक सदस्यका अनुसार बिल भर्पाइ बैंक स्टिमेट सबै सुरक्षीत रहेको केहि समय अगाडि लेखा समिती समेत बनाएको हुँदा जस्ताको तस्तै हिसाब किताब सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

वामी करङखोला खानेपानी आयोजनाको काम हाल सम्म भएको मध्य सबै ठाँउमा संतोषजनक भएको र बाकी ठाउँमा पनि राम्रो काम हुने त्यहाका स्थानीयले आशा प्रकट गरेका छन ।

 

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online